काठमाडौं। सदरमुकाम सिमकोट क्षेत्रको तल्लो बजारमा कालोपत्र कार्य सुरु भएको छ। सङ्घीय सरकारको शहरी विकास कार्यालय जुम्लाको चालु वर्षको वार्षिक कार्यक्रम अनुसार सो कालोपत्र कार्य सुरु भएको हो।
सिमकोटस्थित तल्लो बजार क्षेत्रमा सडक कालोपत्र गर्ने कार्य सुरु भएको हो। उक्त योजनाका अनुसार बजार क्षेत्रको महिला छात्रावास क्षेत्रमा कालोपत्र गर्ने कार्य सुरु भएको हो। निर्माण कम्पनी पक्षसँग गत पुसमा सम्झौता भएको भए पनि हिमपातको कारण कालोपत्र कार्य हुन नसक्ने भएको कारण काम रोकिए को थियो। अहिले न्यानो बढेपछि सो कार्य सुरु भएको बताइएको छ।
निर्माण कम्पनी पक्षले यसअघि सामग्री जम्मा गरिएको भए पनि चिसोले काम रोक्नुपरेको जनाएको छ। उक्त क्षेत्रमा कालोपत्र कार्य साढे पाँच मिटरदेखि छ मिटरसम्म चौडा हुुनेछ।