पर्सा। वीरगञ्ज भन्सारबाट कार्यालयबाट विगत ८ महिनामा ५६ अर्ब ७० करोड बराबरको इन्धन आयात भएको छ। देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सारबाट चालू आवको सोही अवधिमा ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको रु १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो ।
आव २०७७/७८ को साउनदेखि फागुनसम्ममा रू ५६ अर्ब ४४ करोड २३ लाखको नौ लाख ४१ हजार ५५७ किलोलिटर डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एक लाख ६६ हजार ७९७ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयातको तुलनामा चालू आवको सोही अवधिमा रू एक खर्ब १३ अर्ब १४ करोड ८७ लाख मूल्यको २० लाख ३८ हजार ८५३ किलोलिटर इन्धन र एक लाख ८७ हजार ४५६ मेट्रिक टन ग्यास आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
यस अवधिको तुलनामा चालू आवको सोही अवधिमा १०० दशमलव ४६ प्रतिशत बढी मूल्यको ११६ दशमलव ५४ प्रतिशत इन्धन बढी आयात भएको हो । कोरोना महामारीका कारण गत वर्ष मुलुक भित्रको उद्योग व्यपार तथा यातायात सञ्चालनमा कमी देखिएको थियो ।
चालू आवमा संक्रमण दरमा आएको कमीले जनजीवन तथा उद्योग व्यपार समान्य रूपमा सञ्चालन भएकाले इन्धनको आयात बढी भएको जनाइएको छ ।
गत आवको आठ महीनामा वीरगञ्जनाका प्रयोग गरी नेपालका लागि भएको इन्धन आयातबाट रू ३५ अर्ब ८३ करोड ६८ लाख राजस्व संकलन भएको थियो ।
चालू आवको सोही अवधिमा रू १३ अर्ब ७२ करोड ९२ लाख बढी अर्थात् रू ४९ अर्ब ५६ करोड ६१ लाख राजस्व संकलन नभएको भन्सार कार्यालयले जानकारी दिएको छ ।