रौतहट । जिल्लाको टिकुलियास्थित लालबकैया नदीमा निर्माणाधीन पुल सात वर्षदेखि अलपत्र परेको छ । निर्माण शुरु भएको साढे सात वर्ष बितिसक्दा पनि लालबकैया पुल निमार्ण हुन नसकि अलपत्र परेको हो ।
गौर नगरपालिका–४ मा रहेको पुल निमार्ण अलपत्र हुँदा स्थानीयलाई आवातजावतमा समस्या भएको छ । पुल नबन्दा हरेक वर्ष १०/१५ जनाको खोलाले बगाएर मृत्यु समेत हुने गरेको छ ।
२०७१ साल कात्तिक मा शिलान्यास भएको पूल निर्माण गर्ने जिम्मा पप्पु कन्सन्ट्रक्सनले पाएको थियो । २०७४ साल असारसम्म निर्माण सम्पन्न हुनुपर्ने पुल हाल सम्म अलपत्र छ ।