काठमाडौं। यूनाइटेड सिमेन्ट्सले निर्माण व्यवसायी र निर्माण क्षेत्रमा काम गर्ने मिस्त्रीहरुलाई तालिम प्रदान गरेको छ। सिमेन्ट्सले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा रहेका निर्माण व्यवसायी र मिस्त्रीहरुलाई सिमेन्टको बारेमा जानकारी प्रदान गरेको हो।
केही निर्माणकर्मीहरु बिगतका अनुभवको आधारमा मात्रा निर्माणको काम गर्दै आएको तर सहि निर्माण कसरी गर्ने भन्ने बारेमा प्राविधिक ज्ञानको कमी देखिएकोले, उनीहरुलाई गुणस्तरिय निर्माण गर्ने तरिकाको ज्ञान दिनु दिन तालिम प्रदान गरेको बताइएको छ।
हाल सम्म ४ ओटा स्थानमा सयौं निर्माणकर्मीलाई प्रशिक्षण दिइसकेको र यो कार्यक्रम निरन्तर चलिरहने यस उद्योगको लक्ष्य रहेको छ। सिमेन्ट के हो र कसरी बन्छ भन्ने प्राविधिक जानकारीको साथै राम्रो गुणस्तरको सिमेन्ट मसला बनाउने तरिका, डण्डी बाध्ने सहि तरिका, कंक्रिटका विभिन्न ग्रेडहरुको बारेमा जानकारी, कंक्रिटमा पानीको मात्रा र यसको असर आदि विषयमा जानकारी प्रदान गरिएको छ।