काठमाडौं। असार १ मा आएको बाढी पहिरोले मेलम्ची पुल र साउन १५ मा आएको बाढीले चनौटेको रातो पुल बगाएपछि पाँचपोखरी र हेलम्बुसँग सडकसञ्चालन ठप्प भएको थियो। ठप्प भएको चार महिना पश्चात पुनःसार्वजनिक यातायात सञ्चालनमा आएको छ।
चाडपर्बलाई मध्यनजर गरेर मेलम्चीको मेलम्ची पार्क र चनौटेको रातो पुल भएको खोलामा हिम पाइप राखेर यातायाता सुचारु गरिएको मेलम्ची नगरपालिकाले जनाएको छ।हिम पाइपबाट सार्वजनिक यातायात सञ्चालनमा आएसँगै मेलम्चीबाट पाँचपोखरी, इन्द्रावती र ज्यामिरे शिखरपुर हुँदै चौतारासँग पुग्न सहज वातावरण सिर्जना भएको छ। चनौटेको रातोपुलमा छिट्टै बेलिब्रिज निर्माण गरी सडक सञ्चालनमा ल्याउने भनिएता पनि अहिलेसम्म सो काम सुरुसम्म पनि हुन सकेको छैन्।