काठमाडौं। बुद्ध एयरले नवविवाहित जोडीका लागि हवाई यात्रामा आकर्षक योजना सार्वजनिक गरेको छ। नवविवाहित जोडिले बिहेकै दिन उडान सेवा लिए काठमाडौं–पोखरा दुईतर्फी निःशुल्क राउण्ड ट्रिपको सुविधा दिने भएको हो।
उक्त योजनाका लागि जोडीले सामाजिक सञ्जालमा आफ्नो तस्वीर पोस्ट गर्दा कम्पनीलाई अनिवार्य जोड्नुपर्ने (ट्याग गर्नुपर्ने) प्रावधान रहेको बताइएको छ। यस अन्तर्गत यात्रुले कम्पनीको फरेभर एण्ड एभर पेजमा पोस्ट गर्नुपर्ने जनाइएको छ।
कम्पनीको जुनसुकै उडान गन्तव्यबाट उडान गरे पनि काठमाडौं–पोखरा–काठमाडौं दुईतर्फी निःशुल्क टिकट प्राप्त गर्न सक्ने जनाइएको छ। कम्पनीका अनुसार यो योजना आउँदो जुन १४ सम्मका लागि लागू हुनेछ।