काठमाडौं। सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम स्टीलले इन्जिनियर तथा निर्माण व्यवसायीहरुलाई तालिम प्रदान गरेको छ। जगदम्बा सिमेन्टसँगको सहकार्यमा सर्वोत्तम सिमेन्टले इन्जिनियर तथा निर्माण व्यवसायीलाई गुणस्तरीय घर निर्माण सम्बन्धी जानकारी तथा प्राविधिक ज्ञान प्रदान गरेको हो।
कार्यक्रममा सर्वोत्तम स्टील कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले इन्जिनियर तथा निर्माण व्यवसायीलाई सर्वोत्तम स्टीलको गुणस्तरीयता तथा प्राविधिक विवरणबारे जानकारी प्रदान गराएका थिए ।
त्यसैगरी जगदम्बा सिमेन्ट कम्पनीका डिजिएम चिरञ्जीवी घिमिरेले जगदम्बा सिमेन्टको बारेमा जानकारी प्रदान गराएका थिए ।
कार्यक्रम विर्तामोड, इटहरी र लहान गरी ३ स्थानहरुमा आयोजना गरिएको थियो । गत चैत्र २१ गते विर्तामोडमा भएको कार्यत्रममा १२० जनाको सहभागीता रहेको थियो भने चैत २३ गते इटहरीमा भएको कार्यक्रममा १२९ जना इन्जिनियर तथा ठेकेदारहरुको सहभागीता रहेको थियो ।
त्यसैगरी चैत्र २५ गते भएको कार्यक्रममा १३७ जनाको सहभागीता रहेको थियो । कार्यक्रम आयोजना भएको प्रत्येक स्थानमा कम्पनीले लक्की ड्र मा एक जनालाई स्मार्ट टिभि उपहार समेत दिएको छ ।