काठमाडौं। कञ्चनजंगा हिमाल आरोहणको आरोहण मार्ग चौथो क्याम्प अर्थात सात हजार पाँच सय मिटरसम्म निर्माण सम्पन्न भएको छ। यहीँ अप्रिल २९ गते देखि चुचुरोसम्म आरोहणको लक्ष्य राखेर शनिबारनै चौथो क्याम्पसम्म मार्ग निर्माण सम्पन्न भई सकेको हो।
उक्त मार्ग निर्माणको जिम्म पायोनियर एड्भेन्चर ट्रेकले पाएको छ। आरोहण मार्ग निर्माणलाई तिव्रता दिनका लागि पायोनियर सहित सेभेन समिट ट्रेक, इमाजिन ट्रेक र ग्राण्ड हिमालय ट्रेकका एक दर्जन बढी गाइडहरु खटिएको निर्माण कम्पनीले जनाएको छ।
सगरमाथा, ल्होत्से र मकालु हिमाल भन्दा अगाडीनै कञ्चनजंगा हिमालको आरोहण हुने कम्पनीले जनाएके छ। यता सगरमाथा आरोहण मार्ग दोस्रो क्याम्प भन्दा माथि निर्माण सुरु भएको छ।
यस वर्ष सात आरोहणदलबाट ५५ जना पुरुष र १३ जना महिला गरी ६८ जना आरोहीले आरोहणका लागि अनुमती लिएको पर्यटन विभागको तथ्याङक छ।