काठमाडौं। म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित पर्यटकीय दुरुलेकमा निर्माण गरिएको पदमार्ग निर्माण गरिएको छ। म्याग्दी र बागलुङको सिमानमा रहेको पर्यटकीय स्थल दुरुलेकमा गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेटबाट पदमार्ग निर्माण गरिएको हो।
गाउँपालिकाको सिफारिस र गण्डकी प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँ बजेटबाट पदमार्ग निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। प्रदेश सरकारको थप १० लाख बजेटबाट पर्यटक बस्ने घर निर्माण गरिएको बताइएको छ।
समुन्द्री सतहदेखि ३ हजार ४८४ मिटर उचाइमा अवस्थित दुरुलेखमा हिमशृङखला र ग्रामीण भूगोलको अवलोकनका लागि नयाँ वर्षमा म्याग्दी र बागलुङका पर्यटक पुग्ने गर्छन्। प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलको रुपमा दुरुलेक महत्वपूर्ण रहेको छ। तर, पूर्वाधारसँगै प्रचार–प्रसारे अभावले यसको फाइदा ग्रामीणबासीको आयस्रोतको माध्यम बन्न नसकेको बताइएको छ।
पर्यटकका लागिमठ्ठा चढाउने भिरले पनि थप आकर्षण गरेको छ। वसन्त ऋतुसँगै जंगलमा लालीगुराँस फूल्ने हुदाँ फोटो र भिडियो बनाउन विशेष गरी युवायुवती बढी दुरुलेक पुग्छन्। पर्यटकको बसाई लम्ब्याउने बस्ने खाने र रमाउने पर्यटन पूर्वाधार निर्माण गर्न स्थानीय सरकारले गुरुयोजना निर्माण गर्नुपर्ने माग गरिरहेको बताइएको छ।