काठमाडौं। अम्बे सिमेन्टले एक वर्षमा दुई अर्ब माथिको कारोबार गरेको छ। अम्बे सिमेन्टले २०२१ मा दुई अर्ब चार करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो।
२०२० मा अम्बे सिमेन्टले एक अर्ब ७८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो। अम्बे सिमेन्टसँग दैनिक एक हजार टन ग्राइन्डिङ क्षमता छ। अम्बे सिमेन्टले पीपीसी, ओपीसी र पीएससी सिमेन्ट उत्पादन गर्दै आएको छ। अम्बेले विभिन्न १० वटा विभिन्न ब्राण्डका सिमेन्ट नेपाली बजारमा बिक्री गर्दै आएको छ।
पीपीसी र ओपीसीका दुईरदुईवटा ब्राण्ड र पीएससीका ६ वटा ब्राण्ड सिमेन्ट उत्पादन गर्दै आएको छ। अम्बे सिमेन्टले सिमेन्टको बिक्री मुख्यतया पूर्वी नेपालका चार प्रदेशका ३८ जिल्लामा केन्द्रित गरेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ।