लुम्बिनी। लुम्बिनी गौतम बुद्धको जन्मस्थल रहेको स्थान हो। यो नेपालको एउटा प्रसिद्ध सङ्ग्राहालय मात्र नभएर पर्यटक क्षेत्र पनि रहेको छ। जहाँ आन्तरीक र बाह्य दुबै पर्यटक आउने गर्दछन्।
परम्परागत हिसाबले निकै पुरानो यस लुम्बिनी सङ्ग्राहालय जहाँ विभिन्न प्रकारका पुरातात्विक कुराहरु, बुद्धको इतिहास, लुम्बिनीको इतिहास झल्काउने सामाग्रीहरु राखिएको छ। बुद्ध विश्वमै परिचित भएकाले यस स्थानमा बुद्धको इतिहास हेर्नको लागी आन्तरीक मात्र नभएर बाह्य पर्यटक पनि आउने गर्दछन्। यस स्थानमा भ्रमण गरेर आनन्द लिन आउने मान्छेहरु यहाँँको प्राकृतिक सुन्दरतादेखी बुद्धको इतिहास हेरेर मोहित हुने गर्दछन्। सङग्रहालय भित्र रहेका पुरातात्विक सामाग्रीहरु हेरेर आनन्द लिने गरेको पाइन्छ।
हाल भईरहेको लुम्बिनी सङग्राहालयलार्ई लुम्बिनी विकास ट्रस्टले दया सगुन जेभी, सिदार्थनगर, रुपन्देहीलाई २ करोड भन्दा माथीको लगानीमा सङग्राहालयको सुधार गर्न, बढावा दिनकोलागी ठेक्का आब्ह्वान गरेको छ। भइरहेको सङग्राहालयमा सुधार गरी अझ व्यवस्थीत बनाएपछि आन्तरीक र बाह्य दुबै पर्यटकको संख्या बढ्ने आशा गरिएको छ। जसले गर्दा यस क्षेत्रको आर्थिक पक्ष सवल रहने विश्वास राखिएको छ। यस सङग्रहायले लुम्बिनी क्षेत्रको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने छ।