काठमाडौं। नेपालमा जोन डियर ट्रयाक्टर भित्रिएको २० वर्ष पूरा भएको छ। एमभी दुगड ग्रुपले नेपालमा जोन डियर ट्रयाक्टर भित्र्याएको २० वर्ष पूरा भएको हो ।
यस अवसरमा एमभी दुगड ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स् प्रालिका १५० जनाभन्दा बढी कर्मचारीको उपस्थितिमा कम्पनीले चन्द्रागिरि हिल्स लिमिटेडमा विशेष समारोहको आयोजना समेत गरेको छ ।
कार्यक्रममा जोन डियर इण्डिया प्रालिका सेल्स एण्ड मार्केटिङ निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर (इष्ट जोन) अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन आदिको उपस्थिति रहेको छ।
दुई दिनसम्म चलेको कार्यक्रममा ग्रुपका अध्यक्ष मोतीलाल दुगडले जोन डियरसँगको २० वर्षे सहयात्रा ऐतिहासिक र खुसीको भएको बताए ।
कम्पनीले लामो समयदेखि कार्यरत कर्मचारीलाई सम्मान गर्नुका साथै उत्कृष्ट कर्मचारीहरुलाई अवार्ड पनि वितरण गरिएको थियो।