स्याङ्जा । नेपाली कांग्रेसले ग्रामिण क्षेत्रका सडक सहज बनाउन माग गरेको छ । कांग्रेसले दशैंतिहार मनाउन गाँउ फर्केने नागरिकलाई यात्रामा सहज बनाउन माग गर्दै जिल्लाका स्थानीय पालिकालाई सडक मर्मत गर्न अनुरोध गरेको हो।
वर्षादले ग्रामिण क्षेत्रका सडकहरु अवरुद्धदेखि जिर्ण अवस्थामा पुगेकाले सडकलाई सहज बनाउन कांग्रेसले स्थानीय सरकारलाई आग्रह गरेको हो ।
पुतलीबजार नगरपालिका र बिरुवा गाँउपालिकाका प्रमुखलाई दुवै पालिकाका पार्टी सभापतिले ज्ञापन पत्र बुझाउँदै चाडवाडमा नागरिकलाई सहजपूर्ण रुपमा यात्रा गर्ने वातावरण मिलाउन आग्रह गरेका हुन् ।
पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारी र बिरुवा गाँउपलिका सभापति डोलराज पोख्रेलले छुट्टा छुट्टै प्रेस विज्ञप्ती जारी गरि वर्षादले गर्दा ग्रामिण सडकहरुमा सवारी आवागमनमा कठिनाई देखिएकाले अविलम्व छिटो सडक मर्मत गरी सहजता प्रदान गर्न विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।