काठमाडौं। मुगुको छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा परेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृतसहित ५ जनाविरुद्ध सडक निर्माणको रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको हो।
प्रशासकीय अधिकृत पिताम्बर सारु, असिस्टेन्ट सब इञ्जिनियर हस्तबहादुर मल्ल, इन्जिनियर महेश सिंह कठायत, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमालविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।
उनीहरुले छायानाथ रारा–२ को अदालत चोकदेखि प्रशासनसम्मको सडक निर्माणका क्रममा रकम विनियोजन गरी अनियमितता गरेको आरोप छ। अख्तियारका अनुसार उनीहरूले २९ लाख ७७ हजार ८२१ रुपैयाँ भ्रष्टाचार गरेका हुन्।