काठमाडौं। नव विवाहित जोडीका लागि पनि अन्नपूर्ण केबलकारले विशेष अफरको घोषणा गरेको छ। जस अन्तरगत १ टिकटको खरीदमा अर्को एक केबुलकार टिकट निःशुल्क प्रदान गर्नेछ।
यस योजनामा सहभागी हुन नव विवाहित जोडीले विवाहित भएको विवाह कार्ड अनिवार्य देखाउनु पर्नेछ। यो योजना २०७९ असार मसान्तसम्म लागू हुने केबलकारले जनाएको छ।
साथै, भर्खरै एसईई दिएर बसेका छात्रछात्राहरूलाई अन्नपूर्ण केबलकारले केबुलकार चढ्दा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ।
आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहनती हातहरूलाई अझ मेहनती बन्नका लागि उर्जा प्रदान गर्दै केही समय भएपनि रमाइलो बनाउने उद्देश्यका साथ सो अफर ल्याएको कम्पनीले जनाएको छ।
योजनामा सहभागी हुनका लागि छात्रछात्राहरूले यस वर्ष एसईई परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ। यो योजना वैशाख ३०, २०७९ सम्म लागू हुने केबलकारले जनाएको छ।