काठमाडौं। सत्ता गठबन्धनले चितवनमा संयुक्त सभा गर्ने स्थानमा जमेको पानी पम्पले तानेर फालिएको छ। सो स्थानमा डोजर लगाएर पनि पानी निकासको व्यवस्था मिलाइएको हो।
खाल्डाखुल्डी परेका स्थानलाई सम्माइएको छ। गएराति परेको पानीले सभास्थल केन्द्रीय बस टर्मिनल जलमग्न बनेको थियो।
६ लेन सडक विस्तारको काम भइरहेकाले केही स्थानमा पानीको निकास रोकिंदा बस टर्मिनलको क्षेत्र जलमग्न भएको तर अहिले निकास गराएर सभाको तयारी भइरहेको बताइएको छ। बिहानैदेखि सत्ता गठबन्धनका दलका कार्यकर्ताहरु पानी फाल्ने र मञ्च बनाउने तयारीमा जुटेका थिए।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हिजो नै चितवनको भरतपुर आएर बसेका छन्।