काठमाडौं। स्थानीय तहको निर्वाचनका दिन बुद्ध एयरका सबै उडान बन्द हुने भएको छ। बुद्ध एयरले निर्वाचनका दिन वैशाख ३० गते कुनै पनि उडान नगर्ने जनाएको हो।
बुद्ध एयरले आज जारी गरेको सूचनामा लेखिएको छ, ‘यहि वैशाख ३० गते स्थानीय तह निर्वाचनका दिन हाम्रा सबै उडानहरु नहुने जानकारी गराउँदछौँ। यसबाट यात्रुवर्गमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौँ।’