काठमाडौं। पर्यटकिय सिजन र निर्वाचनका कारण अहिले आन्तरिक तर्फको हवाइ उडान कोरोना पहिलेकै अवस्थामा पुगेको छ।
पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको बाक्लो आउजाउँसँगै नजिकिँदो निर्वाचनको चहलपहलले आन्तरिक उडानको अकुपेन्सी ९० प्रतिशत नाघेको छ। यात्रुको चापका कारण अहिले भनेकै समयमा टिकट पाउनसमेत मुस्किल पर्न थालेको छ। त्रिभुवन अन्त्रराष्ट्रिय विमानस्थलबाट मार्च महिनामा मात्रै चार लाखभन्दा बढी यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्, जुन सन् २०२२ यताकै सबैभन्दा बढी हो।
अहिले त्रिभुवन अन्त्रराष्ट्रिय विमानस्थलबाट दैनिक १८० आन्तरिक उडान हुँदै आएका छन्। केही तराईका विमानस्थलमा बिहान ६ बजेदेखि राति ११ बजेसम्म उडान हुन थालेपछि उडान सङख्या थपिएका हुन्। हिमाल आरोहण तथा पदयात्रालगायतका पर्वतीय पर्यटनको चहलपहलले समेत आन्तरिक उडान बढेको छ। आजको गोरखापत्र दैनिकबाट