बर्दिया। हुलाकी राजमार्गअन्तर्गत बर्दिया–कैलाली जोड्ने सत्तिघाटको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइएको छ। सो पुलको पूर्वीभागको पहिलो र दोश्रो पिल्लरको एक्सपान्सन जोइन्ट भासिएपछि पुलअवरुद्ध भएको थियो।अहिलेका लागि पुललाई सोझो बनाएर सञ्चालनमा ल्याइएको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुखले जानकारी गराएका छन्।
पुलमा समस्या आउँदा सवारी साधनहरुले महेन्द्र राजमार्ग भएर लामो यात्रा गर्नुपर्ने बाँध्यता रहेको थियो। त्यस्तै मोटरसाइकल यात्रीले भने राजापुरको दौलतपुरघाटको स्टिमर तरेर जोखिमपूर्ण यात्रा गर्न बाँध्य थिए। पुल सञ्चालनमा आएपछि यात्रु र यातायात व्यवसायीले राहत महसुस गरेका साथै आफुहरुलाई यात्राको क्रममा सहज वातावरण सिर्जना भएको कुरा जानकारी दिएका छन्।