भैरहवा। लुम्बिनी प्रदेशका उद्योगी–व्यवसायीले विद्युत सेवा नियमित नभएको भन्दै लोडसेडिङको तालिका उपलब्ध गराउन विद्युत प्राधिकरणसँग माग गरेका छन्।
केही महिनादेखि निरन्तर विद्युतमा समस्या देखिँदा पनि प्राधिकरण मौन बसेको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले बताए।
उनले भने, ‘सुक्खायाममा प्राय विद्युत उत्पादनमा गिरावट आउने सबैले बुझेको कुरा हो, तर उद्योगमा पनि घरमा जस्तो विजुली जाने आउने गर्दा उत्पादनमा नोक्सान हुन्छ। त्यसैले विजुली आउने जाने तालिका सार्वजनिक गर्न माग गरेका हौँ।’
लोडसेडिङ तालिका भएमा उद्योगीहरुले जेनेरेटर या वैकल्पिक उपाय अपनाउने अवस्था हुन्छ। तर, विद्युत आउने जाने निश्चित नभएकाले वैकल्पिक तरिकाबाट उद्योग चलाउने विषयमा अन्योल भएको उनले बताए।