काठमाडौं। बरुण हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्नका लागि अनुमति पाएको छ। बरुन हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट अनुमति पाएको हो।
कम्पनीले आयोगबाट १ : १ अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति पाएको छ।कम्पनीले अव नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्कासनका लागि अनुमति माग्नु पर्नेछ ।
कम्पनीले अब १ : १ अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ ।