काठमाडौं। श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ। काठमाडौंबाट धनगढी उडेको जहाजको इन्जिन फेल भएको हो।
उक्त जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं आइरहेको छ।
त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरणका लागि तयारी भइरहेको छ। जहाज क्याप्टेन बी. राजवंशीले उडाइरहेका छन्।