नेपालगञ्ज। बाँकेमा अवस्थित जानकी गाउँपालिकाको पिपरवा सडक निर्माण कार्यमा ठेकेदारको बेवास्ता र लापरबाहीको कारणले गर्दा लामो समयदेखि स्थानीय बासिन्दाहरुले सास्ती झेल्दै आएका छन्। एक दर्जन भन्दा बढी ठुला उधोग धन्दा रहेको उक्त गाउँपालिकाको करिब ७ किलोमिटर लामो सडकको निर्माण पूरा नहुँदा उधोगको सामान ल्याउन पुर्याउन र स्थानीय बासिन्दाहरुलाई आवतजावतमा पनि धेरै समस्या परेको कुरा स्थानयिले बताएका छन्।
जय सिमेन्ट्का प्रबन्धक निर्देशकले सडक निर्माणको लागि चारैतिर हारगुहार गरेको भएता पनि कसैले पनि चासो नदेखाएको बताएका छन्। सडक अलपत्र हुँदा स्थानीहरुको घरमा पानी पसेर उठिबास लगाउने गरेको त्यहाँको स्थानयिको गुनासो रहेको छ। सडक बन्नुभन्दा अगाबै नाली निर्माण गरेर सडकलाई विचैमा अलपत्र अवस्थामा छोडिदिनाले उक्त समस्या सिर्जना भएको हो।
आर्थिक वर्ष २०७८।७९ मा काम सक्ने गरी १ करोड ५३ लाख लागतमा पुष्पाञ्जली पियर्स जेभीले सो सडकको ठेक्का पाएको थियो। सो निर्माण कम्पनीले निर्माणधीन सडकको कारण स्थानीयलाई समस्या भएको स्वीकार गर्दै दशैं लगत्तै कालोपत्रेको काम सुरु गर्ने बताएका छन्।