काठमाडौं। पोखरा लेकसाइड सेदीदेखि सराङ्गकोटसम्म अन्नपूर्ण केबलकारमा सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।
बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै केबलकार सुविधा प्रयोग गरेबापत छुट पाउनेबारेमा सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।
सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखरास्थित अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा सनराइज बैंकको क्रेडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको विशेष छुट पाउन सक्नेछन्।
बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षा अनुरुप नबिनतम् सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।