काठमाडौं। राधी विद्युत कम्पनीले हाल कायम चुक्ता पुँजीको करिब डेढ गुणा हकप्रद निष्कासन गर्ने भएको छ। राधीले १:१.४७५२ अनुपातमा हकप्रद निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड(सेबोन)मा निवेदन पेश गरेको हो।
कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँको हकप्रद निष्काशनको स्वीकृती मागेको छ। उल्लेखित रकम बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता निष्काशन गर्न राधीले गत वैशाख २८ गते सेबोनमा पेश गरेको थियो।
हकप्रद निष्काशनका कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ छ। कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँको हकप्रद बिक्री गरे पश्चात चुक्ता पुँजी एक अर्ब ५९ करोड ९९ लाख ८० हजार रुपैयाँ पुग्नेछ।
राधी विद्युत कम्पनीलाई गत वैशाख २३ गते विद्युत नियमन आयोगले १:१.४७५२ अनुपातमा हकप्रद निष्काशनको सहमति दिएको थियो।