काठमाडौं। शिवश्री हाइड्रोपावर लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २९ करोड नोक्सानमा रहेको छ। कम्पनीले बिहीवार सार्वजनिक गरेको उक्त अवधिसम्मको अपस्किृत वित्तीय विवरण अनुसार अघिल्लो त्रैमाससम्मको तुलनामा यो त्रैमासमा २८ करोड ९० लाखभन्दा बढी खुद नोक्सानी भएको हो।
अघिल्लो त्रैमाससम्म कम्पनी १८ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । यो त्रैमाससम्म कम्पनीले विद्युत विक्रीबाट १७ करोड ९२ लाखभन्दा बढी आम्दानी गरेको छ। अघिल्लो त्रैमाससम्म कम्पनीले १३ करोड १३ लाखभन्दा बढीको विद्युत विक्री गरेको थियो। विद्युत विक्री आम्दानी बढेपनि कम्पनीको ब्याज खर्च र हस कट्टी बढेकाले खुद नोक्सानीमा वृद्धि भएको हो। अघिल्लो त्रैमाससम्म १९ करोड ६० लाखभन्दा बढी ब्याज खर्च गरेको कम्पनीले यो त्रैमाससम्म २७ करोड ७५ लाखभन्दा बढी ब्याज खर्च गरेको छ ।
त्यस्तै अघिल्लो त्रैमाससम्म ७ करोड ९८ लाखभन्दा बढी हस कट्टी गरेको कम्पनीले यस त्रैमाससम्म १३ करोड ३३ लाखभन्दा बढी हस कट्टी गरेको हो। हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रहेको छ । जगेडा कोष रकम भने २७ करोड ६ लाखभन्दा बढी ऋणात्मक रहेको छ। अघिल्लो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम १६ करोड १९ लाखभन्दा बढी ऋणात्मक थियो ।