काठमाडौं। हिमालय एयरलाइन्सले दुई वर्षपछि चीनका लागि नियमित उडान सुरु गर्ने भएको छ। निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालयले आगामी जेठ १७ देखि चीनका लागि उडान सुरु गर्ने भएको हो।
हिमालय एयरलाइन्सले यस अघि कार्गो उडान गर्दै आएको थियो। हवाई यातायात बन्द भएको लामो समयपछि चीन उडान शुरु गर्न लागिएको छ।
कम्पनीले साताको एक दिन मंगलबार काठमाडौं–कुनमिङ उडान गर्नेछ। कम्पनीले यो गन्तव्यका लागि तीन दिन अघिदेखि बुकिङ सुरु गरेको थियो। यो उडानका लागि तीनवटा तालिकाका टिकट सबै बिक्री भइसकेको बताइएको छ।
उनका अनुसार चिनियाँ सरकारले हवाई यात्रुका लागि चार रात पाँच दिनको क्वारेन्टिन अनिवार्य गरेको छ। कम्पनीले यो गन्तव्यका लागि एयर बस ३२० ‘न्यारोबडी जहाज’ प्रयोग गर्ने बताइएको छ।