भक्तपुर। काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाले काठमाडौंको मध्य ठिमी नगरपालिका १ निकोशेराको खाल्डाखुल्डी प्रमुख जिल्ला अधिकारिको निर्देशन पछि पुरेको छ।
प्रजिअ रुद्रादेबी शर्माले सडकसग सम्बन्धित कर्यालयका प्रमुखहरुको बैठक बसि भक्तपुरका विभिन्न सडकका खाल्डाखुल्डी पुरेर चाडपर्बमा सवारीसाधन आवातजावतमा सहज बनाउन निर्देशन दिनुभएको थियो।
अरनी राज्मार्गको विकल्पको रुपमा रहेको पेप्सिकोला, पुरानो ठिमी, नेकोशेरा, सल्लाघारी सडकमा ठुला ठुला खल्डाखुल्डीले सवारीसाधनमा समस्या भइ दुर्घटना हुने जोखिम भएको गुनासो भएपछी प्रजिअ शर्माले आयोजनालाइ २४ घन्टा भित्रमै खाल्डाखुल्डी पुर्न निर्देशन दिनुभएको हो।
आयोजनाले खाल्डाखुल्डी ग्राभेल हालेर पुरेर सवारीसाधनको आवतजावतमा सहज बनाउने उहाँले बताउनु भयो।