काठमाडौं। पोखराको अन्नपूर्ण केबलकारमा यात्रा गर्दा माछापुच्छ्रे बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने भएका छन्। आन्तरिक पर्यटन बिस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदानगर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरी व्यवसायिक सम्झौता गरेका हुन्।
सम्झौता पत्रमा अन्नपूर्ण केबुलकारको तर्फबाट महाप्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकको तर्फबाट शाखा प्रमुख आलोक मान श्रेष्ठले हस्ताक्षर गरे।
अन्नपूर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो। सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १० प्रतिशतसम्म छुट पाउनेछन्। उक्त केबुलकार सुविधा पोखराको सेदीबगर देखि सारङ्खकोटसम्म रहेको छ। बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिटरक्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउने छन्।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ। यस प्रकारको सम्झौताले गर्दा ग्राहकलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रर्वद्वनमा सघाउ पुग्दै आएको कम्पनीले जनाएको छ।
आजको नयाँ पत्रिका दैनिकबाट