काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य पुन: बढाएको छ। पेट्रोल, डिजेल मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य सरकारले बढाएको हो।
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १६३ रुपैयाँ प्रतिलिटर कायम भएको छ। त्यसतै खाना पकाउने ग्याँसको मुल्य पनि २०० रुपैयाँले बढेको छ।
विभिन्न सरोकारवाला निकायले बढेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोध गर्दै आए पनि नेपाल आयल निगमले अन्तराष्ट्रिय स्तरमा नै पेट्रोलियम पदार्थको मुल्य बढेकोले निगमको घाटा बढेको भन्दै पटक पटक मुल्य बढाउदै आएको छ ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ। निगमका अनुसार आइतबार रातिदेखि लागू हुनेगरी मूल्य बढाउने निर्णय भएको हो।