सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा शिल्प गाउँ र शंग्राहलय निर्माण हुने भएको छ । नगरपालिकाले नगरभित्रै राजविराज शिल्प गाउँ र शंग्राहलय निर्माण गर्ने भएको हो ।
शिल्प गाउँ र शंग्राहलय निर्माणका लागि प्राविधिक कार्यको ठेक्का 'बिकोयी साह जेभी' र 'एमएस ओम साइ राई कन्ट्रक्सन प्रा.लि' ले पाएको नगरपालिकाले एक सूचनामार्फत जानकारी दिएको छ ।
नगरपालिका भित्र निर्माण हुने शिल्प गाउँ र शंग्राहलयले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिएको छ । पर्यटन आकर्षणका लागि नै यस क्षेत्रको परम्परागत शिल्पलाई उजागर गर्न खोजिएको र पहिले चलिआएका र हाल विस्तारै लोप हुँदै गएका स्थानीय सामाग्रीको संरक्षणका लागि शंग्राहलय निर्माण गर्न लागिएको बताइएको छ ।