काठमाडौं। अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन तथा बिक्री खुलाएको छ। कम्पनीले मंगलबारदेखि संखुवासभा जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको हो।
कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० का दरले ५ लाख कित्ता साधारण सेयरको बिक्री खुलाएको छ। आइपीओमा स्थानीय अर्थात आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्युतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
हाइड्रोपावरको साधारण सेयरका लागि प्रभावित क्षेत्रका बासिन्दाले छिटोमा मंगलबारदेखि जेठ २४ गते र ढिलोमा असार ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ। प्रभावित क्षेत्रका बासिन्दापछि दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आइपीओ खोल्ने तयारी गरेको छ।