काठमाडौं। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन र आदर्श लघुवित्त वित्तीय संस्थाले साधारण सेयर निष्कासन (आईपीओ) अनुमति पाएका छन्। नेपाल धितोपत्र बोर्डले मंगलबार दुवै कम्पनीलाई आइपीओ निष्कासन अनुमति दिएको हो।
अनुमति पाएसँगै दुवै कम्पनीको गरी ३० करोड ८ लाख ४१ हजार रुपैयाँ बराबरको ३० लाख ८ हजार ४१० कित्ता आईपीओ आउने भएको छ।
आदर्श लघुवित्तले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्ने छ। लघुवित्तले चुक्ता पुँजीको ३२.३७ प्रतिशत आईपीओ जारी गर्न लागेको हो। लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट छ।
राप्ती हाइड्रोले पनि केही समयमै चुक्ता पूँजीको ४८ प्रतिशत आईपीओ जारी गर्ने छ। कम्पनीले बोर्डबाट २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको हो।
निष्काशन अनुमति पाएको कम्पनीले केही समयमै प्रति कित्ता सय रुपैयाँ अंकित मूल्यमा नै आईपीओ जारी गर्ने छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधरणका लागि आईपीओ जारी गर्ने छ।