बिर्तामोड। झापाको कनकाई नगरपालिका –३, कनकाई टोलका रमेशचन्द्रबाबु मैनालीले आफ्नो जन्मदिनमा सडक बत्ती जडान गरेका छन्। उनले जन्मदिनको फजुल खर्चलाई कटाएर गाउँमा सडक बत्ती जडान गरेका हुन्।
फजुल खर्च रोकेर आफ्नो गाउँमा निजी खर्चमै सडकबत्ती बालिदिएपछि कम्तीमा मेरो गाउँमा साँझविहान सबैले हिँड्न पाउने भएको उनले बताए।
‘‘जन्मदिनको पार्टी खाएको भए एकदिनमै सकिने थियो तर यो सडक बत्ती बाल्दा महिनौं उज्यालोमा हिँड्न पाइने भयो ’’ स्थानीयले खुशी हुँदै भने, उनले यसअघि आफ्नो छोराको जन्मदिनमा समेत खेलाडीलाई खेल सामाग्री र अनाथ आश्रमका केटाकेटीलाई खानेकुरा वितरण गरेका थिए।