काठमाडौं। धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा विद्युत महसुल सङ्कलन काउन्टर सुचारु गरेको छ। उक्त काउन्टर नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले सुचारु गरेको हो।
पालिकावासीहरुको सहजताका लागि भन्दै जनप्रतिनिधि निर्वाचित भएसँगै भेडेटारमा महसुल काउन्टर सुचारु गरिएको हो। अब भेडेटारबाटै प्रत्येक महिनाको ८ गतेदेखि १४ गते सम्म विद्युत महसुल सङ्कलन हुने केन्द्रले जनाएको छ।
प्रत्येक महिनाको ८ गते देखि १४ गते बिहान साढे ९ देखि साढे ३ बजेसम्म काउन्टर सञ्चालनमा रहने जनाइएको छ।