काठमाडौं। विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ। कम्पनीले आगामी जेठ २० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको हो।
कम्पनीले १३ लाख ६५ हजार कित्ता साधारण सेयर जारी गर्न लागेको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरले कुल १५ लाख कित्ता सर्वसाधारण सेयर निष्कासन गर्दै छ। जसमध्ये ४ प्रतिशत अर्थात् ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई र ५ प्रतिशत ७५ हजार किटा सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ।
बाँकी रहेको १३ लाख ६५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयरका लागि आवेदन माग गर्न सकिने प्रावधान छ। आवेदन छिटोमा जेठ २५ गते बन्द हुनेछ।
कम्पनीले यसअघि एक अर्ब जारी पुँजी भएको कम्पनीले १० प्रतिशत अर्थात १० लाख कित्ता सेयर आयोजना क्षेत्रका स्थानीयलाई बिक्री गरेको थियो।