कास्की। राष्ट्रिय गौरवको रुपमा रहेको मध्यपहाडी राजमार्गमा डिजाइन अनुसार १२९ वटा पुल निर्माण हुनुपर्नेमा अहिलेसम्म जम्मा ८६ वटा पुलको मात्र निर्माण सकिएको छ।
कोरोना महामारीको कारण र सर्वोच्च अदालतको कारणले गर्दा समयमा नै पुल निर्माण हुने लक्ष्यमा चुनौति थपिएको थियो। हालसम्म पनि २१ वटा पुल निर्माणको लागि ठेक्का समेत लागेको छैन्।
कतिपय पुलहरु निमौणाधीन र कतिपय डिजाइनको चरणमा रहेको हुनाले पुल निर्माण कार्य पुरा हुन नसकेको कुरा मध्यपहाडी राजमार्गको आयोजना निर्देशनालयले जनाएको छ। अहिले २२ वटा पुल निर्माणाधीन अवस्थामा रहेको छ।
निर्माण सुरु हुन बाँकी रहेको पुलहरुमध्ये ७ वटा पुलको ठेक्का भैुकेको छ भने ४ वटा ठेक्का सम्झौताको चरणमा रहेको छ। सो आयोजना अन्तर्गत चालु आर्थिक वर्षमा ३ वटा पुलको मात्र निर्माण सम्पन्न भएको छ।