काठमाडौं। ७५० मेगावाट विद्युत् क्षमताको पश्चिम सेती जलाशाययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ। लगानी बोर्डले उक्त तयारी गरेको हो।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे चासो राखेका थिए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा मोडालिटीसहितको प्रतिवेदन बनाउन सुझाब समितिले प्रतिवेदन बुझाएको बोर्डले जनाएको छ। उक्त आयोजना प्रतिवेदनको आधारमा आयोजनालाई अघि बढाउने गरी छलफल भएको छ।
साढे दुई दशकदेखि अल्झिएको उक्त परियोजनालाई राष्ट्रिय प्राथमिकतामा राखेर निर्माणको चरणमा ल्याउने बताउँदै बोर्ड बैठकले १०० मेगावाटको तामाकोसी भी र ४० मेगावाटको रौघाट जलविद्युत् आयोजनाको लागि १६ अर्बको लगानी स्वीकृत गरेको बताईएको छ।