काठमाडौं। तिला जलविद्युत आयोजना निर्माण सुरु भएको छ। जुम्लाको तिला गाउँपालिकासँगको सहकार्यमा तिला जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको हो।
११ करोड रुपैयाँ लगानीमा आयोजनाको निर्माण कार्य सुरु भएको हो। उक्त आयोजना निर्माणको अगुवाई नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले गरेका छन्।
उनले टुक्रे योजनाभन्दा पनि महत्वपूर्ण विकासे संरचना निर्माणमा ध्यान दिइएको जानकारी दिएका छन्। यो तिला गाउँपालिकासँग सहकार्य गरेपछि खर्च र आम्दानी तिला गाउँपालिकाकै हुन्छ। त्यही भएर आयोजनासँग गाउँपालिकाको अपनत्व बढी हुनुपर्ने पत्रार सम्मेलनमा उनले बताए।
सो आयोजना निर्माणमा आवश्यक मेसिन चीनदेखि ल्याइने भएको छ। जसका कारण निर्माण कार्य ढिलाइ भएको गाउँपालिकाले जनाएको छ। ढिला भएपनि आयोजना निर्माण हुने गाउँपालिकाले दाबी गरेको छ।