काठमाडौं। बर्खाको समयम बाढी र पहिरोको कारण अबरुद्ध भएका १३१ सडक आम्शिक रुपमा संचालनमा आएका छ्न। सडक बिभागक अनुसार सडक ठप्प हुँदा हालको लागि एक तर्फको अवरोध हटाएर संचालन गरेपनी आगामी दिनमा दुबै तर्फको सडक संचालन गरिने छ।
सडक अबरुद्ध हुँदा त्यहाको जनजीवन नै प्रभावित हुने भएकाले एक तर्फ सडक संचालन गर्न पहिलो प्राथमिकता रहेको बिभागले जनाएको छ। नारायणगढ- बुटवललगाएत पुर्ब- पश्चिम राजमार्गमा दुबै तर्फ सडक संचालन नहुदा समस्या भएपनी पहाडी भेगमा भने एक लेनले पनि काम गर्नेछ।
बिगतमा भन्दा यो बर्ष धेरै बर्षाका कारण विभिन्न स्थानमा सडक अबरुद्ध भएका थिए। अबरुद्ध भएका कुनै पनि सडक हाल ठप्प नरहेको भिभगले जनाएको छ।