सिन्धुपाल्चोक । बाढीले क्षति पुर्याएको मेलम्चीको सडक मर्मत गरिएको छ । मेलम्ची-११ को फट्टेमा ह्युमपाइप राखेर सडक मर्मत गरिएको हो।
गए राति परेको वर्षापछि मेलम्चीमा बढेको पानीको सतहले क्षति पुर्याएको सडक मेलम्ची नगरपालिकाले मर्मत गरेको हो । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश घलेले आज बेलुकीसम्म सडक मर्मत गरेर सञ्चालनमा आउने बताएका छन्
गत असार १ मा आएको बाढीले पक्की पुल बगाएपछि ह्युमपाइप राखेर अस्थायी सडक बनाइएको थियो।