कैलालीको भजनीमा कान्द्रा नदीले सडक कटान गरेपछि उक्त ठाउँको हुलाकी सडक अवरुद्ध भएको छ । करिब सय मिटर सडक नदीले कटान गरेपछि सवारीसाधन आवतजावत मात्र नभई स्थानियलाइ आवतजावत गर्न समेत समस्या भएको नगरपालिकाका वडाध्यक्षले बताए ।
वडाध्यक्ष बुढाका अनुसार उक्त नदिमा पानीको मात्रा बढेपछि सडक बगाएको हो । उक्त सडक २०७४ मा जल उत्पन्न प्रकोप कार्यालय र नगरपालिकाले बनाएका हुन् । गत वर्ष पनि सडकको केही भाग बगाएको थियो यो वर्ष वर्षाको समयमा अझै सडक कटान हुने सम्भाबना रहेको छ ।
सडक मर्मतको लागी नगरपालिकामा पहल गरेपनि मर्मतका लागी रकम नभएको वडाध्यक्ष बुढाले बताए । प्रत्यक वर्ष उक्त नदिले कटान गर्दै आएको र समयमा नदी नियन्त्रणको काम नभए सडक मात्र नभई स्थानियको घर बगाउने र आफुहरुको ज्यान नै जोखिममा रहेको स्थानियले बताए ।