काठमाडौं। नेपाल विद्युत प्राधिकरण, सामुदायिक ग्रामिण विद्युतीकरण विभाग, बालाजुले दुइ वटा निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको छ। आईतबार सूचना प्रकाशित गर्दै प्राधिकरणले दुइ वटा निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको हो।
कार्यालयले प्रकाशित गरेको सूचनामा निर्माण कम्पनीले विभिन्न निर्माण कार्य गर्न ठेक्का सम्झौता गरेका तपसिलमा उल्लेखित निर्माण कर्तालाई पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि तोकिएको अवधि भित्र कार्य पुरा नगरेको र कार्य प्रगति सन्तोषजनक नभएको उल्लेख गरिएको छ।
कार्यालयले नाम सार्वजानिक गरेको निर्माण कम्पनीमा जनमुखी कन्स्ट्रक्सन बागमती जभी र युनिकर्न कन्स्ट्रक्सन प्रालि रहेका छन्। सामुदायिक ग्रामिण विद्युतीकरण विभाग, बालाजुले समयमा काम नसक्नुको केही कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्र निर्माण व्यवसायी स्वयं कार्यालयमा उपस्थित भई स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।
