धनगढी-कञ्चनपुरका बासिन्दाहरु आफुलाई आवश्यक पर्ने सामान किनवेच र औषधि उपचारको लागि धनगढी जानुपर्छ तर कैलालि र कञ्चनपुरलाई जोडने मोहना नदिको राजघाटमा पुल निर्माण कार्यमा ढिलाइको कारणले स्थानियलाई आवत जावतमा समस्या भएको छ ।
त्यहिको स्थानीय पुनारम चौधरीका अनुसार, पुल निर्माण कार्य ८ बर्ष पहिले नै भएको तर अहिलेसम्म पनि निर्माण कार्य पुरा नभएता पनि पुललाई सञ्चालनमा ल्याइएको हुनाले गत शुक्रबार गएको बाढीले पुलमा क्षति पुर्याएको र स्थानियले आवत जावतमा पुन सास्ति झेल्नु परेको छ । अरु स्थानियहरुको भनाई अनुसार पनि वर्षा अगाडि नै ठेकेदारले काम पुरा गर्न नसक्दा पौडि खेलेर खोला तर्नेक्रममा नदिले वगाएर एक स्थानिय बेपत्ता भएका छन ।
नदीले क्षति पु्याएको ठाउँमा अस्थायी रुपमा नै भएपनि आउजाउ गर्न मिल्ने बाटो वनाउनको लागि ठेकेदार र सडक डिभिजनलाई बारबार आग्रह गरेता पनि उनिहरुले स्थानीएको आवाजलाई वेवास्ता गर्दा स्थानीयहरु आफै जुटेर जनश्रमदान जुटाई बाढीले क्षति पुगाएको ठाउँमा अस्थायी रुपमा कट्टामा माटो भरी तटबन्ध निर्माणमा लागेका छन् ।
तीन बर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ८ करोडको लागतमा इलाइट एडभेन्चर कम्पनीले ठेक्का लिएको भएता पनि ८ बर्ष पुगिसक्दा पनि काम सम्पन्न गर्न नसकेर अन्तिम पटकको लागि म्याद थपेर निर्माण कार्य गरीरहेको भएता पनि स्थानीय यस पटक पनि निर्माण कार्य सम्पन्न नहुने होकि भन्ने कुरामा चिन्तित छन् ।