काठमाडौं। जिल्लामै पहिलो पेट्रोल पम्प निर्माण हुन थालेको छ। रुकुमपूर्वको भूमे गाउँपालिका–२, काँक्रीमा पेट्रोल पम्प निर्माण गर्न थालिएको हो।
मध्यपहाडी लोकमार्गमा निर्माण हुने उक्त पेट्रोल पम्प निर्माणमा दुई करोड ५० लाख रुपियाँ लाग्ने बताइएको छ।
पेट्रोल पम्प ३२ हजार लिटर डिजेल र १६ हजार लिटर पेट्रोल भण्डारण गर्ने सक्ने क्षमताको हुने उक्त बुढा आयल स्टोरका सञ्चालकले जानकारी दिए। जिल्लाभरि नै पेट्रोल पम्प नहुँदा बजारमा खुला रूपमा पेट्रोल तथा डिजेल बिक्री हुने गरेको छ। उक्त पेट्रोल पम्प तयार भएमा छिमेकी जिल्ला रुकुमपश्चिम, रोल्पा, बागलुङमा समेत तेल आपूर्ति गर्न सहज हुने बताइएको छ।