सप्तरी। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले सप्तरी जिल्लामा निर्माणाधीन अधुरो सडकहरुलाई एक महिनाभित्र पूर्णता दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले निर्देशन दिएका छिन्। भौतिक पूर्वाधार विकासमा सप्तरी जिल्ला निकै पछाडि परेको भन्दै जीर्ण रहेको सडकहरु पुनः निर्माण चाँडो हुनुपर्नेमा जोड दिएकी हुन्।
उनले सडकको दुर्दशाका कारण सप्तरीवासीले सास्ती खेप्दै आएकाले सडक चाँडो मर्मत हुनुपर्नेमा जोड दिएकी हुन्। त्यस्तै आफूले पाएको कार्यभारलाई इमान्दारीतापूर्वक बहन गर्ने प्रतिबद्धता जनाउनुको साथै जनतासँग प्रत्यक्ष सरोकार राख्ने सडकको काम अलपत्र छोड्ने, सडक निर्माण नगरी अधुरो राख्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखी कारबाही गरिने चेतावनी पनि दिएकी छिन्।