अछाम-योजना कार्यलय कर्मचारीविहीन तथा वर्सेनि आउने बजेट फ्रिज भई ठेक्का लगाउने काममा ढिलासुस्ति भएको कारणले सुदुरपश्मिको समृध्दिसँग जोडिएको बहुप्रतिक्षित सेती लोकमार्गको निर्माण कार्यमा ढिलाई भएको छ ।
सरोकारवालाको कमजोरीको कारण करिब एक दशक अघि सेति लोकमार्गको निर्माण कार्य थालिएको भएता पनि अपेक्षा गरेअनुसार कामले गति लिन सकिरहेको छैन ।
२ सय ४२ किलोमिटर लम्बाई रहेको सेती लोकमार्ग उत्तरीखण्ड १ सय १० किलोमिटरमा रहेको छ । त्यस्तै यस आयोजनाले भारत र चिन छिमेकि देशको नाकालाई छोएको छ र यस योजनाको डीपीआर २०१२ मा भएको थियो ।
सेती मार्गलाई तिब्रता दिनको लागि सरकारले टीकापुर-खप्तड छान्ना र खप्तड छान्ना गाउँपालिका-ताक्लाकोट गरी दुई खण्डमा आयोजनालाई विभाजन गरी लोकमार्ग निर्माण कार्यलाई अघि बढाएको छ । जसलाई उत्तरी खण्ड निर्माणको लागि बझाङको चैनपुर र दक्षिणी खण्डको निर्माणको लागि अछाम साफेबगरमा आयोजनालाई छुट्टै कार्यलय स्थापना गरिएको छ ।
सेती लोकमार्ग निर्माण भएपछि धनगढीबाट अछामको साफेबगर जोडने २ सय ७० किलोमिटर लम्बाईको रहेको सडकको लम्बाई १ सय ३५ किलोमिटरमा झर्नेछ ।सेति लोकमार्ग निर्माण पश्चात सडकको दुरी झण्डै १ सय ३५ किलोमिटर कम हुने हुदा त्यस क्षेत्रका बासिन्दाहरुको आउजाउमा समय र खर्च दुबै पहिलेको तुलनामा कम हुनेछ ।