काठमाडौं। अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आजबाट सेयर जारी गरेको छ। कम्पनीले १९ लाख ५७ हजार ५०० कित्ता सेयर असार २३ गतेसम्म जारी गरेको हो।
कम्पनीले जारी गरेको सेयरबाट ३९ हजार १५० कित्ता कर्मचारीलाई छुट्याएको छ। अर्को ९७ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्ता सेयरमा सर्वसाधारणले दावी गर्न पाउने छन्।
अंकित मूल्य १०० रुपैयाँ दरको सेयरका लागि बढिमा एक लाख कित्तासम्म आवेदन दिन सकिन्छ। न्यूनतम १० कित्ता आवेदन दिन सकिने ब्यवस्था छ।
कम्पनीले ५ अर्ब अनुमानित लागतमा परियोजना विकास गर्दैछ। यसको प्रति मेगावाट लागत अनुमानित २१ करोड २७ लाख रुपैयाँ छ।