दार्चुला । शैल्यशिखर नगरपालिका ग्वानीनजीक लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । प्रहरिका अनुसार ग्वानीनजीकै दुदुली सडकमा पहिरो खस्दा महाकाली लोकमार्गको गोकुलेश्वर–मालिकार्जुन खण्ड अवरुद्ध भएको छ ।
उक्त सडकखण्ड अवरुद्ध हुँदा जिल्लाबाट बाहिर जाने र भित्रिने छोटो तथा लामो दूरीका सवारी साधन पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयले बताए । काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा बैतडीबाट जिल्ला भित्रिने र यहाँबाट छुटेका सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
प्रहरीका अनुसार सवारी साधन बाटोमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । अहिले एक्स्काभेटरले पहिरो पन्छाउने काम गरिरहेको छ ।