लमजुङ। निर्माण सम्पन्नको अवस्थामा पुगेको माथिल्लो दोर्दी ए जलविधुत आयोजनाको संरचनामा बाढीले क्षती पुर्याएपछि पुनःमर्मत सूरु गरिएको छ। गत असारमा दोर्दी खोलामा आएको बाढीकोले क्ष्ति भएको संरचनाको मर्मत सूरु भएको हो। निर्माण सम्पन्न भएर टनेल परिक्षण भएको २५ मेगावाटको उक्त आयोजनाको असारको बाढीले बाँध क्षेत्रमा क्षति पुर्याएको थियो।
सो समयमा आएको बाढीले धेरै ठाउँम पहिरो जाँदा बाँध क्षेत्रसम्म पुग्ने सडक पनि भत्किएको थियो। दशैंको समयमा पनि मजदुरहरुले निरन्तर काम गरीरहेको स्थानीयले जानकारी गराएका छन्। संरचनामा क्ष्ति पुग्नु भन्दा पहिले नै संरचनाको काम सम्पन्न गरी आयोजनाले जेठ बाट नै व्यवसायिक विद्युत उत्पादन गर्ने तयारी गरेको थियो। तर बाढीले संरचनामा क्षति पुर्याएपछि फेरी विद्युत कहिले बाट उत्पादन हुन्छ भन्ने टुङ्गो लाग्न सकेको छैन्।
यो भन्दा अघिल्लो वर्ष पनि दोर्दी खोलामा बाढी आएको त्यो सँगै कोरोना भाइरसको जोखिमले प्रभाव पारेको कारण एक वर्ष भन्दा बढी समय लगाएर आयोजना निर्माण अन्तिम चरणमा पुगेको बेला अहिले फेरी बाढीले क्षति पु्र्याएपछि निर्माण अवधि पुनः १ वर्ष थपिने भएको छ। दोर्दीमा नै निर्माण सम्पन्न भएको राष्ट्रिय प्रसारण लाइनमा पनि बाढीले क्षति पुर्याएको कारण अहिलेसम्म पुनःनिर्माण हुन नसकेकोले गर्दा व्यवसायिक विद्युत उत्पादन अनिश्चित बनेको हो। २०७१ बाट लमजुङको दोर्दी गाउँपालिकामा निर्माण थालिएको सो आयोजना अघिल्लो चैत मसान्तसम्म व्यवसायिक विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको भएता पनि पटक–पटक निर्माण कार्यमा वाँधा अवरोध हुँदै आएको छ।
सो आयोजनाबाट उत्पादन भएको विद्युतलाई दोर्दी करिडोरको १३२ केभी राष्ट्रिय प्रसारण लाइनबाट मस्र्याङदी करिडोरको २२० केभी प्रसारण लाइनमा जोडिने भएको छ।